काठमाडौंको गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका –७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेका बेला सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो । पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। आफूमाथि के कारणले हतियार प्रहार गरियो भन्नेबारे अनभिज्ञ रहेको उनले प्रहरीलाई बताएकी छन् ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर हतियार प्रहार गरेको खुलेको छ। अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *