काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच बिहीबार टलिफोन संवाद भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेकी हुन् ।
कुराकानीका क्रममा आफूले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटवार्तामा हालैको दुःखद घटनाप्रति समवेदना व्यक्त गरेको मोदीले बताएका छन् । त्यस्तै वार्तामा मोदीले शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्कीको नेतृत्वमा भइरहेका प्रयासप्रति भारतले दृढ समर्थन रहने प्रतिबद्धता जनाएका छन् । मोदीले संविधान दिवसकोबारेमा पनि शुभकामना दिएका छन् ।
मोदीले सामाजिक संजालमार्फत भनेका छन्, ‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थायित्व पुनस्र्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्याएँ । साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ।’
प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कार्कीले जन्मदिनको शुभकामना दिँदै साथ सहयोगको अपेक्षा गरेको बताइएकी थिइन् । दुई नेताबीच आधा घण्टा कुराकानी भएको बताइएको छ ।