प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच आज टेलिफोन वार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ । भदौ ३१ गते प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *