कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा रामेछापका एक युवकको शव फेला

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको शव फेला परेको उनले बताए । उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

यसअघि धरानस्थित भाटभटेनी सुपरमार्केटमा चार, काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ र विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एक जनाको शव फेला परेको थियो । योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *