धादिङ । धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान टिपर र बस ठोक्किएका हुन् ।
भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक यात्रुलाई भने थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।