एजेन्सी । फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेले दुई गोल गरेपछि रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा मार्सेलेलाई २-१ गोलले हराउँदै म्याड्रिडले प्रतियोगितामा सुखद शूरूवात गरेको हो ।
घरेलु मैदान इस्टियाडो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन एम्बाप्पेले दुई गोल गर्दा मार्सेलेको लागि टिमोथी वेहले एक गोल गरे । खेलमा १-० गोलले पछि परेको स्थिति उल्टाउँदै म्याड्रिडले जित निकालेको हो । २२ औँ मिनेटमा ग्रिनवुडको पासमा वेहले गोल गर्दै मार्सेलेलाई शुरूवाती अग्रता दिलाएका थिए ।
२९ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । ७२ औँ मिनेट डानी कार्भाजल रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो । ८१ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भएको हो । जितसँगै म्याड्रिडले तीन अंक जोडेको छ ।
गएराति भएको अन्य खेलको नतिजा
एथ्लेटिक क्लब ०-२ आर्सनल
पिएसभी १-२ युनियन सेन्ट गिल्लोइसे
बेन्फिका २-३ काराबाग एफके
युभेन्टस ४-४ डर्टमण्ड
टोटेन्हाम १-० भिल्लारियल