पोखरा । जेनजी आन्दोलनका क्रममा हिंसा बढेको भन्दै पोखरामा उद्योग वाणिज्य संघले शान्तिपूर्ण पदयात्राको आयोजना गरेको छ ।
पछिल्लो समय देशमा अशान्ति छाएकाले अब शान्तिको बाटोमा हिड्न प्रेरित गर्ने उद्देश्यले पोखरा उद्योग वाणिज्य संघले शान्तिपूर्ण पदयात्रा आयोजना गरेको हो । जेनजी आन्दोलनका क्रममा पोखरामा व्यक्तिका घर तथा सरकारी भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।