लाइसेन्सको लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना जारी गर्दै ९० दिनभित्र तीनपटक मात्र रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्थालाई लब्याएर लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल दिन पाउने जानकारी दिएको हो।

सूचना उल्लेख छ, ‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजस्व तिर्नुपर्ने, राजस्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *