संसद् विघटनको निर्णय असंवैधानिक रहेको आठ दलको दाबी

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ राजनीतिक दलहरूले माग गरेका छन् । आठ संसदीय दलका प्रमुख सचेतकहरूले शनिबार संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गरेका हुन् ।

यसअघि संसदमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाउन माग गरेका हुन् ।

विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका हितराज पाण्डे, माओवादी केन्द्रका बिरेन्द्र प्रसाद महतो, एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, जनता समाजवादी पार्टीका प्रतिनिधि, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवीको हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *