काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुशीला कार्की नेपालको प्रधानमन्त्री भएको शुभकामना दिएका छन् । शनिबार सामाजिक संजालमार्फत मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकोमा कार्कीलाई बधाई दिएका हुन् । साथै उनले नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’