काठमाडौं । जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ । नेपाली सेनाले कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो ।
सुदन गुरुङ नेतृत्वको हामी नेपालले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘हामी सम्पूर्ण नेपालीको तर्फबाट, नेपाली सेना र सेनापती अशोक राज सिग्देलज्यूलाई उहाँको अदम्य समर्थन, समर्पण र देशभक्तिपूर्ण सेवाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । देशको हितको लागि, संयमता र साहसको बिन्दु बनी, देशको कठिन समयमा देशलाई उद्धार गर्नुभएकोमा हजुरहरूलाई तहदिल धन्यवाद । हामी नेपाल र जेनजी रिभुलोसनकातर्फबाट, नेपाली सेना र सेनापति अशोकराज सिग्देलज्यूलाई हार्दिक सलाम। हामी नेपालीहरू सधैं नेपाली सेना प्रति ऋणी रहनेछौं।’