काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री देशले परिवर्तन पाएको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएपछि सामाजिक संजालमार्फत मेयर साहले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका हुन् ।
उनले भनेका छन्, ‘प्रिय जनेजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’