काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले पार्टी अध्यक्ष प्रचण्डलाई सुरक्षा खतराको बहानामा जंगी अड्डाले निस्कन नदिएको बताएका छन् ।
बिहीबार राति सामाजिक संजालमार्फत सापकोटाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोसिस गर्यौं, तर सुरक्षा खतराको बहानामा जंगी अड्डाले निस्कन नदिएको सत्य हो ।’ उनले जंगी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौति दिई राष्ट्रिय सङ्कट निम्त्याएको आरोप लगाए ।
यस्तो छ सापकोटाको भनाई
वातावरण गम्भी भयो
देशको वास्तविकता विपरीत परिस्थिति गम्भीर बनेको हो । जंगी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौति दिई राष्ट्रिय सङ्कट निम्त्याउदै छ । अन्य पक्षको पछि नै कुरा गरौंला । जस्तोसुकै सङ्कटमा पनि हामी कोही विचलित नभई नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि हामी निरन्तर लडिरहनेछौं । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र आम अग्रगमनका पक्षधर नेपाली दाजुभाई दिदीबहिनीहरुमा धैर्यता र साहस कायम रहिरहोस् । हरेक चुनौतिहरु पार गर्न सकिन्छ ।
नोटः हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोशिस गर्यौं तर सुरक्षा खतराको बहानामा जंगी अड्डाले निस्कन नदिएको सत्य हो । जस्तोसुकै आँधीबेहरीमा पनि नेपालको परिवर्तन र अग्रगमनका पक्षमा हामी तपाईहरुको साथमा अग्रभागमा उभिनेछौं ।