आगामी सरकारको नेतृत्वको विषयलाई लिएर जेनजीबीच नै हानाहान(भिडियो)

काठमाडौं । आगामी सरकारको नेतृत्वको विषयलाई लिएर सैनिक मुख्यालय अगाडि जेनजी समूहका युवाबीच झपड भएको छ । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सैनिक मुख्यालय अगाडि भेला भएका थिए । उनीहरुबीच नेतृत्वको विषयमा विवाद भएपछि झडप भएको हो ।

कसैले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कसैले बालेन साह, कसैले कुलमान घिसिङ, अनि कसैले हर्क साम्पाङको नाम अघि सारेका छन् । उनीहरुबीच मतैक्यता हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *