पूर्वराजाले भने-जेनजीको आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजीको प्रदर्शनपछि सुरु भएको आन्दोलनको निकास देशभित्रबाटै निकाल्नुपर्ने बताएका छन् ।

मंगलबार उनको संवाद सचिवालयले विज्ञप्ति जारी गरी आन्दोलन हिंसात्मक नबनाउन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ। युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरि ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ । यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरित रहेको छ ।’

उनले घटनामा ज्यान गुमाएका ति होनहार आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनका अभिभावकजनमा समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *