यो सरकार दलाल र बिचौलियाको धाक धम्कीबाट बनेको होः अध्यक्ष प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन् ।

शनिबार नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले वर्तमान सरकार बुद्धिले बनेको नभई दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको आरोप लगाएका हुन् ।

उनले कांग्रेस–एमालेभित्रका इमान्दार साथीहरूले यस्तो सरकारमा बस्नु नहुने बताए । उनले भने, ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको हो । आज पनि डरले बचेको सरकार हो ।’

प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताए । सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भने,‘क्रोनिक क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौं ।’

सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *