घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने भएपछि मन्त्रीलाई छुट !(भिडियो)

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन शनिबार बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरेका छन् ।

‘गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्’, अध्यक्ष ओलीले भने, ‘यसमा हामी पनि दुःखी भएका छौँ र बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

प्रधानमन्त्रीले दुर्घटनामा कुनै नियत नभएको भन्दै बचाउ गरेपनि ठक्कर दिएपछि गाडी भागेकोबाट स्पष्ट हुन्छ ।

’नेपालको यातायात व्यवस्था ऐन, २०४९ मा दुर्घटना गरिसकेपछि भागेमा ६ महिना जेल वा १०,००० जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ।’ तर यी मन्त्रीलाई कारबाही हुँदैन भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्तिबाटै स्पष्ट हुन्छ । के अस्पतालको खर्च तिर्दैमा छुट्छन् ? हुन त चोर मन्त्रीले आफूले चोरेको सामान फिर्ता गरे मुद्दा नचली छुट्ने देश हो यो । यहाँ कानुन पालन गराउन बनेको सरकारका मन्त्री, प्रधानमन्त्रीले यही सिकाइरहेका हुन् ?

अब प्रधानमन्त्रीलाई प्रश्नः प्रधानमन्त्रीज्यू एमालेको नेताबाहेक अरुले यसरी दुर्घटना गराएर भागेको भए यसरी छुट दिन सकिन्थ्यो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *