१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

कञ्चनपुर । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजार खर्चेर वडा कार्यालय भवन निर्माण गरिएकाे छ। तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्।

भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *