नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ । बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गरी सबै इन्टरनेट सेवा प्रदायकहरूलाई फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।

पटक–पटक दर्ता प्रक्रियामा आउन आग्रह गरेपनि सामाजिक सञ्जालहरु दर्ता प्रक्रियामा नआएपछि सरकार ती सञ्जालहरु बन्द गर्ने निर्णयमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *