सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णयका आधारमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

बिहीबार मन्त्रालयमा बसेको बैठकले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । आजैदेखि बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको मन्त्री गुरुङले बताए ।

उनले सर्वोच्चको परमादेश, मन्त्रिपरिषद्को निर्णय र दर्ता गर्नका लागि पटक–पटक गरिएको आग्रह अस्वीकार गरेपछि बन्द गर्ने निर्णयमा पुगेको उनले बताए । सरकारको निर्णयानुसार आजनै प्राधिकरणले दर्ता नभएका सञ्जाल बन्द गर्ने तयारी गरेको छ ।

सरकारको निर्णयसँगै अब नेपालमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटरलगायतका सामाजिक संजाल चल्ने छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *