बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

चैनपुर । बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ । सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले जानकारी दिए ।

उनका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा मंगलबार साँझ ८ः०० बजे जेसिबी पल्टिँदा जेसिबी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *