कैलालीको खुटिया खोलामा नुहाउन गएका चार किशोरको डुबेर मृत्यु

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका‑९ स्थित खुटिया खोलामा नुहाउन गएका ७ जना मध्ये ४ किशोरको डुबेर मृत्यु भएको छ ।

झोलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएका थिए ।

उनीहरुको अहिले शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए । उनीहरु सबै धनगढीका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *