रास्वपाका नेता पाँडेलाई चार थुनामा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

पाँडेलाई बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको थियो । उनलाई बिहीबार अदालतमा हाजिर गराउँदा जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको ब्यूरोका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *