काठमाडौं । पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल सीमाबाट बिहार प्रवेश गरेको गुप्तचर सूचनापछि बिहीबार बिहार प्रहरी मुख्यालयले सम्पूर्ण राज्यभर उच्च सतर्कता जारी गरेको छ ।
बिहार प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रावलपिण्डीका हसनैन अली, उमेरकोटका आदिल हुसैन र बहावलपुरका मोहम्मद उस्मान नेपाल हुँदै भारत पसेका इन्डिया टुडेले दाबी गरेको छ ।
त्यसपछि सुरक्षा निकायलाई निगरानी कडाइ गर्न र गुप्तचर संकलन तीव्र बनाउन निर्देशन दिइएको छ । प्रहरी मुख्यालयले ती शंकितको पासपोर्टसम्बन्धी विवरण सीमा जिल्लाका प्रहरीलाई पठाएको छ।
सुरक्षा निकायहरूलाई निगरानी कडाइ गर्ने र थप जानकारी संकलन गर्ने निर्देशन दिइएको छ। जिल्ला गुप्तचर इकाइलाई शंकास्पद गतिविधि देखिए आवश्यक कारबाही गर्न भनिएको छ।