काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका नेताहरुसँग लिपुलेक सम्झौताका विषयमा बलियोसँग प्रस्तुत हुने बताएका छन् । बुधबार राति एमालेका नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले लिपुलेक सम्झौतबारे दुबै देशका नेताहरुसँग बलियोसँग कुरा राख्ने बताएका हुन् ।
भेटमा सहभागी एमाले नेता सुरेन्द्र मानन्धरले भारत र चीन भ्रमणका क्रममा लिपुलेकका सम्बन्धमा बुझिने र मनन गर्न सकिने गरी कुरा राख्न गर्दा प्रधानमन्त्रीले यस्तो बताएको जानकारी दिए । नेता मानन्धरले भने,’हिजो रातिको भेटमा प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणका क्रममा लिपुलेकका सम्बन्धमा बुझिने र मनन गर्न सकिने गरी कुरा राख्न आग्रह गर्दा प्रधानमन्त्रीज्यूले ‘१४ गते संसदमा कुरा राख्ने र संसदको समेत विश्वास लिएर दुबै देशका नेतासँग बलियो कुरा राख्ने’ बताउनु भएको छ।’