याउण्डे । पूर्वी चाडमा हैजाको प्रकोपका कारण जुलाइदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
स्वास्थ्य अधिकारीहरुले सोमबार सार्वजनिक गरेको तथ्याङ्कभन्दा थप १२ जनाको मृत्यु भएको छ । ओउडाई प्रान्तमा ९०० भन्दा बढी शङ्कास्पद सङ्क्रमितहरू भेटिएका मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री अब्देलमादजिद अब्देराहिमले बुधबार प्रभावित प्रान्तमा सेप्टेम्बरको सुरुमा एक साता लामो खोप अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
अब्देराहिमले भने, “सरकारले यस रोगको फैलावट रोक्नका लागि पानी, सरसफाइ र स्वच्छताका उपायहरूलाई थप कडाइका साथ लागु गरेको छ।
जुलाई १३ मा ओउडाई प्रान्तको डोगुइ शरणार्थी शिविरमा पहिलो हैजाको घटना फेला परेपछि करिब २० हजार सुडानी शरणार्थी रहेको शिविरमा हैजासँग सम्बन्धित चार जनाको मृत्यु भएको थियो।
गत जुन महिनामा विश्व स्वास्थ्य सङ्गठनले सुडानमा हैजाका बिरामी बढ्न सक्ने र चाडलगायत छिमेकी देशहरूमा फैलनसक्ने चेतावनी दिएको थियो।