राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाँडे पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पाँडेलाई बुधबार साँझ पक्राउ गरेको हो ।

एक महिलाले दिएको उजुरीका आधारमा साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहाँ उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो । पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ । पाँडे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *