काठमाडौं । रौतहटकी रुबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले उनको उपचारका क्रममा बुधबार अरान्ह मृत्यु भएको जानकारी दिए । लक्ष्मण आज बिहानमा पक्राउ परेका थिए । उनलाई जलेको अवस्थामा प्रहरीले प्रकाउ गरेको थियो ।