बारामा सतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया । बारा जिल्लामा चालु आर्थिक वर्षमा सतप्रतिशत वर्षे रोपाइँ भएको छ । यसवर्ष कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ गर्ने लक्ष्य लिइएको थियो ।

पर्याप्त मात्रामा पानी नपर्नु, खडेरी लाग्नुलगायत कारणले रोपाइँ ढिलो भएपनि सतप्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए । उनका अनुसार यस वर्ष जिल्लामा हर्दिनाथ, चैते–१, चैते–२, चैते–४, राधा–४, सोनामन्सुली, राधा–११, राधा–९, राधा–७ लगायत जातका धान रोपिएका छन् ।

पटकपठक परेको वर्षाका कारण धानको रोपोमा सुधार भई खेती सप्रिएकाले उत्पादनमा कमी नहुने केन्द्रका अर्थविज्ञ गणेश महराले विश्वास व्यक्त गरे ।

उनका अनुसार गत आवमा कृषकले कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरेकामा छ अर्ब २८ करोड १९ लाख २८ करोड नौ लाख ३२ हजार बराबरको एक लाख ९३ हजार २८४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *