काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा थप कागजात झिकाउन आदेश दिएको छ ।
अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएको हो ।
सरकारमा सहभागी र समर्थन गरेका दलले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अधिवक्ता केसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि यो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गरेको थियो । अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई उपस्थित हुन सर्वोच्चले आदेश गरेको थियो ।