नेप्सेमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार परिसूचक चार दशमलव ८३ अङ्कले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा लगानी समूह शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ४८ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९६, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १७, जलविद्युत् शून्य दशमलव ०७ र जीवन बीमा समूह शून्य दशमलव ०६ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव १३, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ४२ प्रतिशतले बढेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको शेयर मूल्य तीन दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ४८ करोड ९५ लाख ७८ हजार २२४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन ८०–२० को छ लाख ५२ हजार ८२ कित्ता शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *