निर्धारित समयमा काम नगर्ने ११ कम्पनी कालोसूचीमा

काठमाडौं । निर्धारित समयमा काम नगर्ने ११ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौँ, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङलगायतका कम्पनी कालोसूचीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *