हेटौंडामा सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइते भएका छन् ।

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नम्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

बा प्र ०३–००५प ९०६९ नम्बरको मोटरसाइकल ना७ख ५०१० नंको बसमा समेत ठोक्किएको थियो । दुर्घटनामा प९०६९ नम्बरको मोटरसाइकल पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठको र ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ ।

दुवै जना श्रीमान् श्रीमतीको हुन् । दुर्घटनामा परी गम्भीर कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *