पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

इस्लामावाद(पाकिस्तान) । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको जनाएको छ ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने कश्मीरमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

आकस्मिक बाढी र भारी मनसुनी वर्षाका कारण धरैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जुन महिनाको अन्त्यदेखि पाकिस्तानमा भएको मौसमी वर्षाले ७७१ जनाको ज्यान लिएको आधिकारिक तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *