साफ यु-१७ च्याम्पियनसिपमा नेपालको पहिलो जित

काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो ।

भुटानको थिम्पुमा भएको खेलमा नेपाललाई जित दिलाउन साहारा लिम्बुले दुई गोल गरिन् । खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै नेपालले जित निकालेको हो । खेलको ४२ औँ मिनेटमै क्युडेन सोनामले गोल गर्दै भुटानलाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

५८ औँ मिनेटमा साहाराले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याइन् । ७६ औँ मिनेटमा  सहाराले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-१ गोलको अग्रता दिलाइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपाल २-१ गोलले विजयी भएको हो ।

जितसँगै नेपालले तीन अंक जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँग ७-० गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *