लिपुलेक सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न सरकारलाई समाजवादी मोर्चाको आव्हान

काठमाडौं । समाजवादी मोर्चाले लिपुलेक नाकाका विषयमा भारत र चीनबीच भएको सम्झौताप्रति आपत्ति जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी मोर्चाले ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग रहेको पुष्टि गर्ने भन्दै सम्झौताप्रति आपत्ति जनाएको हो । मोर्चाले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने यस प्रकारको सहमतिप्रति असहमति प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टी गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसै बीच लिपुलेक बारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भीर आघात पुगेको छ । नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर बिरोध तथा असहमति प्रकट गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *