उपसभामुख हटाउने कांग्रेस-एमालेको निर्णयको विरुद्धमा उभिन्छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको भन्दै एउटा आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए ।

उनले भने,‘यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन । एउटा महिला आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ त्यो गलत छ । हामी त्यसको विरोध गछौं ।’

त्यस्तै उनले उपसभामुख रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पित मात्र भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *