कुवेत । कुवेतमा विषाक्त मदिरा प्रकरणमा बंगलादेशी, नेपाली र भारतीयसहित ६७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना नेपाली नागरिक रहेका छन् ।
उनीहरूलाई कुवेतमा अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ । यस प्रकरणपछि विषाक्त मदिरा सेवनका कारण केही व्यक्तिहरू बिरामी परेका र स्वास्थ्य संस्थामा उपचाररत रहेको बताइएको छ ।
कुवेतमा गतसाता विषाक्त मदिरा सेवनबाट १६ नेपालीसहित २३ जनाको मृत्यु भएको छ । अवैध मदिरा नियन्त्रणका लागि प्रहरीले निगरानी कडा बनाएको र यस्ता घटनामा संलग्न जो कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।