बाँकी छ
पञ्चायतका पालामा पनि
जुलुस यसरी नै आउँथे
पञ्चहरुले पनि
नारा यसरी नै लाउँथे
गाली यसरी नै वर्षाउँथे
तालीले यसरी नै तर्साउँथे
जनतालाई यसरी नै ढाँटिन्थ्यो
मालिकका पैताला यसरी नै चाटिन्थ्यो
नयाँ-नयाँ कदम यसरी नै चालिन्थ्यो
कात्रोमा खल्ती यसरी नै हालिन्थ्यो
अहिले उसैगरी
बाँकी सबै कुरा भइसक्यो
प्रतिगमनलाई बग्गीमा राखेर
शहर परिक्रमा गराउन मात्र बाँकी छ !
अब त केबल
मन्दिरको मूर्ति हराउन मात्र बाँकी छ !!
अर्जुन पराजुली
