जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत हरिपुरगढी गाउपालिका–५ सिम्राख डाँडामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते ५ जनालाई मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको मरिण गाउँपालिका–२ का वडाअध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए।

मरिण गाउँपालिका–२ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दुर्घटना भएको हो। बेहुला अर्काे ट्याक्टरमा रहेकाले उनी सकुशल छन्। ट्याक्टर दुर्घटना के कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।

अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *