काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभालाई गरेको सम्बोधन लाई लिएर टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले प्रधानमन्त्री ओलीले आफ्नो भनाइको आफैँले खण्डन गरेको टिप्पणी गरेका हुन्।
‘प्रम केपी ओलीले एकातर्फ आफूले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेको कुरा गरेर आफ्नो भनाइको आफैँ खण्डन गर्नुभयो’, रावलले लेखेका छन्, ‘ढाँटेको कुरा काटेर मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा–चटकेको पछि नलाग्नु।’
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 5, 2021
