काठमाडौं । बुधबार साँझ कालीगण्डकी नदीमा आमा छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ । स्याङजाको गल्याङ्ग नगरपालिका– ५ सेतीवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाईल र बच्चाको जुत्ता फेला परेपछि उक्त सामान कालीगण्डकी गाउँपालिका– ४ विर्घाकी २७ वर्षीया श्यामकला पाण्डे र उनका छोरा वर्ष ६ को अर्पित पाण्डेको रहेको खुलेको छ ।
उनीहरु सम्पर्कमा समेत नरहेकोले कालीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीवार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङ्जाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरि खोजी कार्य शुरु गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनीहरुको खाजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको उनले बताए ।