निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्कन कार्यविधि’ संविधानविपरीत रहेको विपक्षी दलहरुको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य केही मध्यम तथा साना दलहरूको बैठकले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्कन कार्यविधि’ संविधानविपरीत रहेको निष्कर्ष निकालेको छ ।

बुधबार माओवादी अध्यक्ष प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै विरोध गरेको हो । बैठकले यसकाविरुद्ध आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको माओवादीले जनाएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस र एमालेबाहेकका दलका नेता तथा संसदीय दलका नेताहरु सहभागी थिए । निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी कार्यविधि पठाएको थियो ।

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पठाएको स्वमूल्यांकन कार्यविधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *