सरकार धुलो र हिलोरहित सडकको परिकल्पना पूरा गर्ने अभियानमा छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलोरहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन सरकारले काम गरिरहेको बताएका छन् ।

बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सडक निर्माणको सिलसिलामा धुलो र हिलोरहित सडकको परिकल्पना पूरा गर्न काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अब हामी सडकको सन्दर्भमा धुलो रहित सडक र हिलो रहितको परिकल्पना मात्र गरिरहेका छैनौ त्यसलाई व्यहारिक रुपमा सार्थक तुल्याउदै छौ । हामी सडक निर्माणको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौ ।’

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर वृद्धिका साथै भू–बनोट अनुसार बिसीसी वा आरसीसीको आवश्यकता अनुसार सडक निर्माण गरिने बताए ।

‘चालु आर्थिक वर्षको बजेटमा हामीले प्रस्ताव गरेका छौ कि अब सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले खासगरिकन त्यस्ता ठाउँहरु जहाँको भू–बनोटले आरसीसी कन्स्ट्रक्सनको डिमान्ड गर्छ । सिमेन्ट, रोडा, डण्डिको आवश्यकता पर्छ त्यो हिसाबले बिसीसी वा आरसीसी गरेर हामीले सडक निमार्ण गर्नुपर्छ,’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *