सरकार आफैं सामाजिक अन्यायको प्रस्तावक बन्नु आपराधिक मानसिकताः विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले कानुन मन्त्रालयले तयार पारेको विवादस्पद बहुविवाह सम्बन्धी संशोधन प्रस्तावप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता आशुतोष प्रधानले बुधबार विज्ञप्ति जारी गरी २०७५ सालमा मुलुकी अपराध संहिता लागू भए यतादेखि पूर्ण रूपमा निषेधित बहुविवाहलाई केही ’विशेष परिस्थिति’ को जामा लगाएर वैधता दिने सरकारी रबैयाको घोर भत्र्सना गर्दै तत्काल खारेजको माग गरेका हुन् ।

करिब ५१ प्रतिशत महिला जनसंख्या भएपनि नेपाल जस्तो पितृसत्तात्मक सोच र संरचनाका कारण महिलाहरूले अझै पनि हिंसा र विभेद खेपिरहनुपरेको अवस्थामा सामाजिक न्यायको वकालत र सम्वद्र्धन गर्नुपर्ने सरकार आफैं महिलाहरूको हक अधिकारमा प्रहार हुने गरी, बहुविवाहलाई वैधता दिन अग्रसर हुनु अत्यन्त आपत्तिजनक रहेको विवेकशील साझाको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलतालाई आत्मसात गर्दै महिला अधिकार र मानव प्रतिष्ठाको रक्षामा दृढ उभिएको विवेकशील साझा पार्टी यसप्रकारका पश्चगामी र समता विरोधी प्रस्तावहरूको विरुद्धमा सधैं मुकाबिला गर्ने मोर्चामा खुलेर रहने स्पष्ट पार्न चाहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *