बागमती प्रदेशको मुख्यमन्त्रीका लागि इन्द्र बानियाँको दाबी पेस

बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले आह्वान गरेलगत्तै बानियाँले दाबी पेस गरेका हुन् ।

बानियाँले सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयले मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *