सभामुखको भूमिकाप्रति राप्रपाले उठायो प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकार र कार्यकारी प्रमुखको व्यवहारप्रति आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रधानले वास्तविक समस्या भिजिट भिसा नभएको स्पष्ट पारे । उनले प्रधानमन्त्रीबाट राप्रपा र रास्वपामाथि व्यवस्था विरोधी र संविधान विरोधी आरोप लगाइनु खेदजनक भएको बताए ।

प्रधानले भिजिट भिसा प्रकरणको समाधानका लागि न्यायिक छानबिन समिति गठन गर्न माग गरे । उनले स्वार्थ बाझिने समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै संसदीय वा न्यायिक समितिको आवश्यकता औंल्याए । उनले भने, ‘हामी समाधान चाहन्छौं, आरोप होइन । हामी जनताको प्रतिनिधि हौं र सदन चलाउन सहयोग गर्न तयार छौं ।’

सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै सांसद प्रधानले भने, ‘सभामुखले सरकार पक्षीय भएर सोच्नुभयो । तर उहाँ क्षमतावान हुनुहुन्छ, समाधान निकाल्न सक्नुहुन्छ । हामी जनताको आवाज उठाइरहेका छौं, यसको सम्बोधन हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *