बहुविवाहको कानुनबारे एमालेले माग्यो कानुनमन्त्रीको जवाफ

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै यस्तो संवेदनशील विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ । जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ । म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरुप हेर्ने हो भने असामाजिक विषय हो भने कानुनी विषयमा हेर्ने हो भने गैरकानुनी विषय हो । यस्तो संवेदनशील विषयमा कानुन संशोधन र निर्माण हुँदा र कानुन निर्माणको प्रकृयामा अगाडि बढ्दा संवेदनशील हुन र सामाजिक रुपमा उठेका विषय के हो मन्त्रीज्यूलाई सदनमा जवाफ दिन आग्रह गर्छु ।’

त्यस्तै, नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कानुनमन्त्रीले यसबारे जवाफ दिनुपर्ने बताइन् । उनले कानुन निर्माण गर्दा परम्परालाई पनि ध्यान दिन आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *