‘जलाकी’ को पोस्टर सार्वजनिक

काठमाडौं । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको नयाँ सिनेमा ‘जलाकी’ पोस्टर सार्वजानिक गरिएको छ । सोमबार अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको हो ।

पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।

सिनेमा ‘जलाकी’को गत चैतमा केही दिन छायाँकन समेत भैसकेको छ भने आउने असोज २१ गतेबाट सिनेमाको दोस्रो चरणको छायाँकन तयारी चलिरहेको छ ।

सिनेमा ‘जलाकी’ त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *