तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ । नारायणगढबाट गोरखातर्फ आउँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह ४ः२० बजे मस्र्याङ्दी नदीमा खसेको हो ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई आँबुखैरेनी अस्पताल लगिएको भने दुई जनालाई भरतपुर अस्पताल रिफर गरिएको छ ।
बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपपछि उद्धारको लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार नम्बर २३ मनकामना गणबाट उद्दार टोली परिचालन भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।